RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा २ सहित प्रदेश १ मा १३ संक्रमित थपिए, ७ डिस्चार्ज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०७७, शनिबार १९:१९
3
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा २ सहित आज थप १३ जना कोरोना संक्रमित थपिएका छन् भने ७ जना निको भएर घर फर्किएका छन् ।

सुनसरी र उदयपुरमा ४–४, मोरङमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरङको विराटनगरका २ पुरुष, सुन्दरहरैचाका १ पूरुष र झापाको भद्रपुरका २ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ ।

प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरंगका २–२ र सुनसरीका १ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेहरु असार १२ देखि १७ गते सम्म भर्ना भएकाहरु रहेको अस्पताल व्यवस्थापन समिति सदस्य ध्रुव उराँवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर