AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भौतिक पूर्वाधार विकास मन्त्रालयको बेरुजु फछ्र्यौट ६७ प्रतिशतले पूरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० श्रावण २०८२, शनिबार १८:१६
81
Shares
विराटनगर / कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ६७ प्रतिशत बेरुजु फछ्र्यौट गरेको छ ।

मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । आगामी दिनमा पूर्ण फछ्र्यौटको लक्ष्यसहित काम भइरहेको उनले बताए ।

मन्त्रालयका अनुसार आ.व. २०७५/७६ देखि आ.व. २०८०/८१ सम्म जम्मा ५ अर्ब ९५ करोड ४९ लाख ५८ हजार ७१९.२८ बेरुजु रकम कायम थियो । यसमध्ये असुल गर्नुपर्ने बेरुजु १ करोड ९८ लाख ७८ हजार ३१६.६४, पेश्की बेरुजु ३ अर्ब ६ करोड १५ लाख ४० हजार १२० र नियमित गर्नुपर्ने बेरुजु १ अर्ब ०१ करोड ९ लाख ७ हजार ५८.२७ गरी जम्मा ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४७७.६४ फछ्र्यौट भएको छ, जुन कुल रकमको ६७.४१ प्रतिशत हो ।

मन्त्री राईले भने, ‘गत वर्षदेखि निरन्तर सञ्चालन गरिएको बेरुजु फछ्र्यौट अभियानले सकारात्मक परिणाम देखाएको छ । यस अभियानलाई अझ प्रभावकारी बनाउन हामीले मातहतका निकायलाई सशक्त अनुगमन र कार्यसम्पादनमा जोड दिएका छौं ।’

मन्त्रालयका तथ्यांकअनुसार आ.व. २०८१-८२ मा प्रदेशभरका विभिन्न आयोजनामा उल्लेखनीय भौतिक प्रगति भएको छ। ११ वटा बहुवर्षीय सडक ११५.२३ कि.मि., १८ सडकपुल र १६ झोलुङ्गे पुल, ११३.८९ कि.मि. कालोपत्रे सडक, १६.७१ कि.मि. आर.सि.सि. सडक, १७८.७६ कि.मि. कच्ची सडक, १७५.४९ कि.मि. ग्राभेल सडक, ४७.९६ कि.मि. ट्रयाक ओपन र ४९.४० कि.मि. सडक मर्मत सम्पन्न भएको छ । २०८१/८२ मा प्रदेश सरकारको स्रोतबाट २८४ र संघीय शर्तअनुदानबाट २५४ गरी ५३८ वटा जनता आवास निर्माण गरि हस्तान्तरण भएको मन्त्रालयले जनाएको छ ।

सरकारी तथा सामुदायिक भवन, सभाहल, विद्यालय पूर्वाधार र खेल मैदानसहित ४०० भन्दा बढी पूर्वाधार परियोजना सम्पन्न भएको जनाएको छ । मन्त्रालय र मातहतका कार्यालयका लागि आर्थिक वर्षमा कुल १० अर्ब ४१ करोड बजेट विनियोजित भएको थियो । जसको ७३.६९ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड खर्च भइसकेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर