पूर्वाञ्चल खबर
विद्यालयले आज एक कार्यक्रम आयोजना गरी चयन भएका क्याप्टेन र भाइस क्याप्टेनलाई स्यास लगाएर जिम्मेवारी प्रदान गरेको हो ।
विद्यालयका अनुसार छात्रतर्फ कक्षा ९ का निसुप प्रताप राणा र छात्रातर्फ कक्षा ९ की बिन्ध्या मण्डल स्कुल क्याप्टेन चयन भएका छन् । त्यस्तै, छात्रतर्फ कक्षा ८ का इम्रान हस्मीन र छात्रातर्फ कक्षा ८ की कशिस ढुंगेल भाइस क्याप्टेन चयन भएका छन् । क्याप्टेन र भाइस क्याप्टेनलाई विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतम र भाइस प्रिन्सिपल रोहिणी रमण दवाडीले स्यास लगाइदिएका थिए ।
कार्यक्रममा केही दिनअघि विद्यालयमा आयोजित हाजिरीजवाफ प्रतियोगिताका विजेता विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो । कक्षा २ देखि ७ सम्मका विद्यार्थीबीच आयोजित प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल गौतमले विद्यालयमा अनुशासन कायम राख्न र विद्यार्थीमा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले हरेक वर्ष क्याप्टेन र भाइस क्याप्टेन चयन गर्ने गरिएको बताए । उनका अनुसार विद्यार्थीलाई विद्यालयका विभिन्न गतिविधिमा जिम्मेवारी दिएर नेतृत्व विकासमा प्रोत्साहित गरिँदै आएको छ।