animated ellipse animated ellipse

विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाइयो विश्व आदिवासी जनजाति दिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ श्रावण २०८१, शनिबार १७:२०
243
Shares
विराटनगर / विराटनगरमा विभिन्न कार्यक्रम आयोजना ३० औं विश्व आदिवासी जनजाति दिवस मनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको संयोजनामा आज विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी ३० औं विश्व आदिवासी जनजाति दिवस मनाएको हो ।

विराटनगर महानगरपालिका भित्रका १८ वटा जातिय सामुदायले आफ्नो जातिय पोशकमा सजिएर झाँकी सहित विराटनगरको मारवडी सामुदायमा भेला भएर निकालिएको र्यालाीले नगरको विभिन्न भाग परिक्रमा गर्दै संगम पार्टी प्यालेसमा पुगेर कार्यक्रम भएको थियो ।

र्‍याली पछि आयोजित कार्यक्रममा जनजाति समुदायका अगुवा तथा अभियन्ताहरुले विश्वका आदिवासी जनजातिको एकता, ज्ञान सीप, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको थियो । त्यसयता आदिवासीहरुले वर्षेनि यो दिवस मनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. सभ्य र भब्य कार्यक्रम भयो । आफ्नो धर्म, संस्कृति , भेषभुशा र पहिचान सहित झल्किएको थियोे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर