animated ellipse animated ellipse

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०७७, मंगलवार १८:५५
3
Shares
विराटनगर/ मोरङको पथरी शनिश्चरे नगरपालिका– ९ बाट चोरी भएको मोटरसाइकलसहित ३ जना मानिस पक्राउ परेका छन् ।

पथरी शनिश्चरे नगरपालिका –२ का आतेजुङ राईले आफ्नो को ३४ प ६००४ नम्बरको मोटरसाईकल सोमवार राती करिव २ बजेको समयमा घरबाट नै हराएको भनी जानकारी गराएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमा पथरी शनिश्चरे नगरपालिका – १० का २० बर्षीय निमा तामाङ , बेलबारी नगरपालिका– २ का २० बर्षीय पृतिमान भण्डारी र २२ बर्षीय अभिषेक कट्टेललाई चोरी भएको मोटरसाईकलसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये निमा तामाङले केही समय अगाडी पथरी बजारका केही पसलहरुबाट जिन्सी समानहरु समेत चोरी गरेको खुल्न आएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर