AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गर्मी बढेपछि विराटनगरका विद्यालय विदा दिने महानगरको निर्णय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ जेष्ठ २०८०, बुधबार २१:११
252
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन विदा दिने निर्णय गरेको छ ।

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले बिहीबार र शुक्रबार विदा दिने निर्णय गरेको हो ।

नगर शिक्षा समितिको आजको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे विदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । पूर्वनिर्धारित परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर