नागरिकता बिधेयक फिर्ता गर्न माग गर्दै विराटनगरमा प्रर्दशन

खबर पूर्वाञ्चल, ९ असार २०७७, मंगलवार २१:३७

विराटनगर । संघीय संसदको संसदीय समितिबाट बहुमतले पारित नागरिकता बिधेयक फिर्ता गर्न माग गर्दै विराटनगरमा प्रर्दशन भएको छ ।

जनता समाजबादी पार्टी नेपालले सो बिधेयक फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको हो । सो पार्टीले नगरक्षेत्रको मेनरोडस्थित पँचमुखी हनुमान मन्दिरचोकबाट ट्राफिकचोकसम्म प्ले कार्डसहित प्रर्दशन गरेको छ ।

प्रदर्शनका सहभागिले नागरीकता बिधेयक खारेज गर, धार्मिक सांस्कृतिक सम्बन्ध बिर्गान पाईदैन,महिला माथिको बिभेद अन्त्य गर,नेकपा सचिवालय निर्णय मुर्दाबादलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । प्रर्दशन लगत्तै मेनरोडमै कोणसभा समेत आयोजना गरिएको थियो । कोणसभामा जनता समाजबादी पार्टी नेपालका प्रदेश तथा जिल्लास्तरिय नेताहरु नेताहरु राजकुमार यादव, राजेन्द प्रसाद गुप्ता, मोहम्मद नसरुल, मोहम्मद कादिर, राधे कामत र श्री राम कामतले सम्बोधन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५