ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव :प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापालाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ फाल्गुन २०८१, आईतवार १०:३८
3
Shares
विराटनगर / प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापा जिल्ला टोलीले जितेको छ।

आज विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथर जिल्ला टोलीलाई ३ – ० को अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो।

खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी रहेको झापा टोलीले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले खेलमा अग्रता लिएको थियो। त्यस्तै खेलको दोस्रो हाफमा पूर्णिमा राई र जेनिफर मगरले एक-एक गोल थप्दै झापाको जित सुनिश्चित गरिन्।

प्रतियोगिताको फाईनल खेलको ‘ वुमन अफ द म्याच ‘ झापाकी मनिता तुम्रुक र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर भइन्। प्रतियोगिताभर मगर ६ गोल गर्न सफल भएकी थिइन्।

त्यस्तै , प्रतियोगिताको उत्कृष्ट गोलकिपर झापाकी सुशीला चौधरी , उत्कृष्ट डिफेन्स झापाकी नेहा चौधरी , उत्कृष्ट मिडफिलडर झापाकी सिम्रन राई , उत्कृष्ट स्ट्राइकर झापाकी पूर्णिमा राई र उत्कृष्ट प्रशिक्षक झापाका शान्तबहादुर रायमाझी भए ।

उपाधि सहित झापाले ट्रफी , मेडल, प्रमाणपत्र र नगद १ लाख प्राप्त गर्दा उपविजेता पाँचथरले ट्रफी , मेडल , प्रमाणपत्र र नगद ५० हजारमा चित्त बुझाएको थियो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएकी मगरले ट्रफी र नगद २० हजार र अन्य विधाको उत्कृष्टले ट्रफी र जनही नगद १० हजार पुरस्कार प्राप्त गरे।

विजेता लगायत उत्कृष्ट खेलाडीहरुलाई कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना , सामाजिक विकास मन्त्री पाँचकर्ण राई , राज्यमन्त्री सिर्जना राई , खेलकुद विकास बोर्डका उपाध्यक्ष विन्दिया कार्की र सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) लगायतले ट्रफी , मेडल र पुरस्कार हस्तान्तरण गरे।

फागुन १३ गतेबाट सुरु भएको खेलकुद महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल , महिला तथा पुरुष दौड , पुरुष कब्बड्डी , भेट्रान बाघचाल , महिला तथा पुरुष टेबलटेनिस , महिला तथा पुरुष बुद्धिचाल , महिला तथा पुरुष कराते , महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर