animated ellipse animated ellipse

कोरोना भाइरसका कारण छुर्पीको निकासी ठप्प

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ भाद्र २०७७, सोमबार १८:३४
432
Shares
विराटनगर / छुर्पीको निकासी ठप्प भएपछि उद्योगहरु प्रभावित भएका छन् । कोरोना भाइरसका कारण छुर्पीको निकासी ठप्प भएपछि प्रदेश–१ मा रहेका साना र ठूला गरी ९ सय उद्योग प्रभावित भएका छन् ।

प्रदेश १ बाट युरोप अमेरिकासहित १४ मुलुकमा छुर्पी निकासी हुँदै आएको थियो । पूर्वी नेपालको पहाडी क्षेत्रबाट कुकुरका लागि वार्षिक करोडौको दूधको छुर्पी ती मुलुकमा निकासी हुँदै आएको थियो । तर अहिले अधिकांश छुर्पी उद्योग बन्द रहेका छन् भने सञ्चालनमा रहेका उद्योगले पनि उत्पादन भण्डार गर्नुपर्ने बाध्यता छ । प्रदेश १ का पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत पूर्वी पहाडी जिल्लामा छुर्पी उत्पादन हुँदै आएको छ । सबैभन्दा बढी इलाममा मात्र ५ सय ९० वटा छुर्पी उद्योग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर