RUMPUM
animated ellipse animated ellipse

महानगरद्वारा सरसफाईकर्मीका लागि तालिम सञ्चालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ पुष २०७९, सोमबार १८:३७
117
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले सरसफाईकर्मीका लागि एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले सरसफाईकर्मी महानगरपालिकाको मेरुदण्ड भएको बताए । उनले महानगरलाई सफा, सुन्दर बनाउन सफाईकर्मीहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । “तपाईं सफाईकर्मीहरु विराटनगर महानगरको मेरुदण्ड हो,” मेयर कोइरालाले भने, “यदि तपाईंहरुले जिम्मेवार भएर काम गर्नु भएन भने त्यसको सम्पूर्ण दोष महानगरपालिकामाथि आइपर्छ । त्यसो भएकाले तपाईंहरु अझै राम्रो किसिमबाट काम गर्नुहोस् ।” सफाईका क्षेत्रमा निकै महत्वपूर्ण कार्य भएको बताउँदै उनले अझै राम्रो गर्न दिर्नेशनसमेत दिए । स्वास्थ्यलाई ध्यान दिएर काम गर्न पनि उनले आग्रह गरे ।

तालिममा सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल र श्रम मन्त्रालयका अधिकृत उदयकुमार महतोले सहजीकरण गरे । तालिममा महानगरका ४० जना सरसफाईकर्मी सहभागी भएको तालिमको व्यवस्थापक किरण न्यौपानेले जानकारी दिए । तालिम व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य बचाऊ सम्बन्धी जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर