पूर्वाञ्चल खबर
एक्सपर्ट फाउन्डेसनका अध्यक्ष रोशन कडेलले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई अक्सिजन कन्सन्ट्रेटर आज विराटनगरमा एक कायृृक्रमको आयोजना गरेर हस्तान्तरण गरेको हो । उक्त संस्थाले अष्ट्रेलियामा प्रधान कार्यालय स्थापना गरी विश्वभरका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ ।

दश लिटरका २ थान अक्सिजन कन्सन्ट्रेटरको प्रयोगले अक्सिजनको अभावमा विरामी मर्नुपर्ने अवस्थालाई रोक्ने अध्यक्ष कडेलले बताए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा विभिन्न अस्पताललाई उक्त सामाग्री वितरण गरीरहेको जानकारी समेत दिए ।
कार्यक्रमका बाल्दै विराटनगर महानगरपालिका प्रमुख पराजुलीले सहयोग गरेकोमा एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रालिलाई धन्यवाद दिएका थिए ।
फाउण्डेसनले पूर्व मेचीदेखी पक्षिम महाकालीसम्म रहेका आफ्ना १६ वटा साखा कार्यालयबाट कन्सन्ट्रेटरसहित कोभिड राहात समाग्री वितरण गरेको छ ।
संस्थाले यसअघि नै पनि अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदान लगायतका सहायताहरु प्रदान गरिसकेको एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रालि विराटनगर शाखाका निर्देशक अनुभव दाहालले बताए ।