खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका वडा नं ११ को आयोजनामा यो बर्ष बिद्यालयले दोस्रो चरणमा अभिभावकसँग अन्तर्क्रिया सम्पन्न गरेको छ।
राज्यले सरकारी विद्यालयमा लगानी गरे अनुसार सोचे अनुसारको प्रतिफल
नपाऊँदा सो अन्तरक्रिया कार्यक्रम गर्दै समस्याको चुरो खोजिएको वडा नं ११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले बताए ।
यसपछि घरदैलो अभियान चलाउँदै अभिभावकलाई जगाउने भन्दै न्यौपानेले जति पढेलेखे पनि एउटा निवेदन लेख्न नसक्ने बर्तमान शिक्षा प्रणाली ब्यबहारिक नभएको उनको भनाइ छ।
अन्तरकृया कार्यक्रममा विराटनगर महानगरपालिका शिक्षा शाखा अधिकृत कृष्ण भट्टराईले महानगरले वडा नं ११ मा रहेका जनपथ माबि र अरुणोदय आबो बाट शुरू गरेको अभिनयले १९ वटै वडा सम्म पुर्याउँदै शिक्षाको गुणस्तर सुधारमा महानगर लागेको बताए ।
अन्तर्क्रिया कार्यक्रममा पूर्व विद्यार्थी सन्तोष साहले अभिभावकले घरमा आफ्ना नानीहरूलाई समय दिनुपर्ने भन्दै जनताले तिरेको करबाट तलब खाने शिक्षक अल्छे र गैर जिम्मेवार भएका कारण शिक्षाको स्तर खस्केको बताए ।
ब्यबस्थापन समितीका अध्यक्ष रोहित कोइरालाले अब जनपथलाइ भौतिक पूर्वाधार पुरा भएकोले अब गुणस्तरीय शिक्षाका लागि अगाडि बढेको बताए ।
तपाईको प्रतिक्रिया