AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

यादवले निष्कासन गरेलगत्तै ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ जेष्ठ २०७८, मंगलवार १६:५५
1.31k
Shares
काठमाडौं / पक्षले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलगाय चार जना नेतालाई पार्टीबाट निश्कासन गरेलगत्तै यादव कारबाहीमा परेका छन् ।

यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले कारवाही गरेको हो ।
बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको कर्णले बताए । कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर