पूर्वाञ्चल खबर
आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा आज भएको कार्यक्रममा भिखारीले १४ वटा कविता वाचन गरे ।
पहाड सम्झन्छु, सोलुको चिठी, ऐना, साँच्ची तपाइँको छोरो भेट्नुभो ?, सिद्धार्थ, प्रज्ञातिर, सिराहा, नागरिकता, नानीहरुसित, जस्तो–जस्तो, गाउँको लवज, तिमीले राम्रो भनेपछि र हिँड्दाहिँड्दै नामककवितावाचन गरेकाहुन् ।
वि.सं.२०१७ सालमा ओखलढुंगामा जन्मिएर चार दशकभन्दा लामो समयदेखि लेखनमा सक्रिय भिखारी नेपाली साहित्य जगतमा लोकप्रिय कविका रुपमा परिचित छन् । उनी पूर्व–राष्ट्रसेवक कर्मचारी समेत हुन् । सरल र कलात्मक ढंगले कवितामा सुक्ष्म संवेदना भर्नु उनको विशेषता हो ।
भिखारीका दुईवटा कविता संग्रह, एउटा मुक्त संग्रह प्रकाशित छन् । यस्तै एक÷एक वटा निबन्धतथा संस्मरण संग्रह प्रकाशोन्मुख छन् । यसबाहेक फुटकर रुपमा उनका कविता तथा लेखहरु राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् । आरोहण–गुरुकुल विराटनगरले दशकौंदेखि साहित्य क्षेत्रमा सक्रिय रहेका कविहरुलाई २०७७ सालको मंसिरदेखि प्रस्तुत गराउँदै आएको हो ।
काव्यारोहणमा यसअघि वैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ, कुन्ताशर्मा, सुमन पोखरेल, श्रवण मुकारुङ प्रस्तुत भइसकेका छन् । काव्यारोहणमा टिकट काटेर कविता सुन्न विराटनगरसहित पूर्वी नेपालका विभिन्न क्षेत्रबाट स्रोताहरु आउने गरेका छन् ।