विराटनगर / नेकपा ओली समूहका नेता तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङले झन्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद भंग गरेको बताएका छन् ।
आज विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता नेम्वाङले उनले देशव्यापी रुपमा जनताले निर्वाचनलाई अनुमोदन गरिसकेको दाबी गर्दै जनताले निर्वाचन चाहेको समेत बताए ।
देशव्यापी रुपमा जनता निर्वाचनमा लागेको बताउदै नेता नेम्वाङले सर्वोच्च अदालतको फैसला पर्खिरहेका बताए । सर्वोच्च अदालतमा बहस सकिएको र फागुन ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए ।
सवौच्चको विचाराधीन मुद्दामा आफू केही नबोल्ने बताएका उनले घुमाउरो भाषामा संसद पुनस्र्थापना नहुने संकेत गरे ।
प्रतिनिधिसभा विघटन गर्न पाइन्छ कि पाइन्न भन्ने कुरा उठाएकोे उल्लेख गर्दै उनले राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको बताए ।
तपाईको प्रतिक्रिया