स्वेता पोखरेलको आत्महत्या प्रकरणका अरोपी पराजुली जेल चलान

खबर पूर्वाञ्चल, ३१ असार २०७७, बुधबार २१:०९

विराटनगर/उदयपुरको बेलका नगरपालिका २ घर भइ विराटनगर – ३ मा डेरा गरि बस्ने २४ वर्षिय श्वेता पोखरेललाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा पक्राउ परेका पूर्व प्रेमि पुर्पक्षको लागि थुनामा गएका छन् ।

मोरङ अदालतका न्यायधीश राजेन्द्र अधिकारीको इजालशले पक्राउ परेका सुन्दरहरैचा नगरपालिका – १० का २५ वर्षिय सविन पराजुली पुर्पक्षको लागि आज थुनामा गएका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राख्न अदालतले आदेश दिएको मोरङ अदालतको श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए । अदालतको आदेशपछि पराजुली पुर्पक्षको लागि मोरङ कारागार चलान भएको उनले बताए ।

दुरूहासन गर्न बाध्य बनाएको आरोपमा पराजुलीलाई मोरङ प्रहरीले गत असार ८ गते पक्राउ गरेको थियो । मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मंगलबार पराजुलीनलाई प्रतिवादी बनाइ पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानाको मागदाबी राखि ‘आत्महत्या गर्न दुरूसाहन’ मुद्दामा अभियोग दर्ता गरेको सहायक जिल्ला न्यायधिवक्ता मुकुन्दकुमार रेग्मीले बताए ।

प्रतिवादी पराजुलीको अदालतमा बयान सकिएपछि आजै मोरङ अदालतको २ नम्बर इजालशमा वादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायधिवक्ता रेग्मीले बहस गरेका थिए । वादी र प्रतिवादीको बहस सकेपछि थुनछेक आदेश आएको हो ।

गत असार ७ गते श्वेताले डेरा गरि बस्ने कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । महेन्द्र मोरङ क्याम्पसमा बिएस डबलू. दोस्रो वर्षमा अध्ययरत श्वेताको विगत तीन वर्षदेखि पराजुलीसँग प्रेम सम्बन्ध थियो । विवाह गर्नका लागि श्वेताले पराजुलीसँग बारम्बार आग्रह र अनुरोध गरेकी थिइन् । तर, श्वेतासँगै जीवन बिताउने लक्ष्य नराखेका पराजुलीले उनीसँग तत्काल विवाहको सहमति दिन सकेनन् । त्यसपछि श्वेताले परिवारसँगको सल्लाहकै आधारमा दोस्रो केटासँग मागि विवाह गर्ने निचोड निकालेकि थिइन् । श्वताको विवाह हुने जानकारी पूर्वप्रेमी पराजुलीले थाहा पाए । उनले श्वेताको विवाह भाँड्ने निष्कर्षका लागि पुराना आफूसँगै बिताएका तस्वीरहरु बाँड्न थाले । श्वेताको विवाह हुँदै गरेको घरसम्म बहिनी नातामा पर्ने युवतीबाट फोटो पुग्यो । निकट भविष्यमै श्रीमान् बन्ने केटासम्म श्वेता र पूर्वप्रेमिको फोटा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५