खबर पूर्वाञ्चल
नहर सरसफाईका लागि मेयर कोइरालाले सुनसरी–मोरङ सिंचाइ आयोजनाका इन्जिनियर कुमार घिमिरेसहितको टोलीलाई महानगरमा बोलाएर तत्काल नहर ससफाई गर्न आग्रह गरे । समयमै नहर सफा गर्न सकिए छठका ब्रतालुलाई पूजाआजा गर्न सहज हुने उनको भना थियो ।
आयोजनाका प्रमुख विराटनगरबाहिर भएकाले छलफलका लागि इन्जिनियर घिमिरे आएका छन् । महानगरले आयोजना प्रमुखलाई छलफलका लागि बोलाएको थियो । इन्जिनियर घिमिरेले केही दिनमै नहरको सफाई सुरु गर्ने प्रतिबद्धता जनाए ।
महानगरको विभिन्न वडा हुँदै बग्ने नहरमा स्थानीयले फोहोर फ्याल्दा दुर्गन्धित हुने गरेको छ । महानगरले पटक–पटक सूचना जारी गरेर नहरसहितका सार्वजनिक स्थलहरुमा फोहोर नफाल्न आग्रह गर्दै आएको छ । गत वर्ष पनि महानगरका मेयर कोइरालाको पहलमा तिहार अघि नै नहरको सफाई गरिएको थियो ।
तपाईको प्रतिक्रिया