राईको गृहनगरको वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भूपालकुमार कार्की विजयी भएका हुन्। उनले ६ सय ९६ मत ल्याएर निर्वाचित हुँदा नेकपा एसका मिलन विष्टले ३७७ मत प्राप्त गरे। एमाले भने तेस्रो भएको छ।
एमालेका ज्ञानेन्द्रप्रसाद दाहालले २ सय १० मत प्राप्त गरे। षडानन्द नगरपालिकाको १, ५, ७, १०, १२ र १४ नम्बर वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।
वडा नम्बर २, ४, ६, ८, ११ र १३ मा कांग्रेस विजयी भएको छ। नेकपा एसले एउटा मात्र ९ नम्बर वडा र माओवादी केन्द्र ३ नम्बर वडामा विजयी भएको छ।
षडानन्दमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए। तर, प्रमुखमा भने एमाले सुरेन्द्र उदास विजयी भए। उपप्रमुखमा माओवादीकी प्रमिला राई विजयी भइन्।
तपाईको प्रतिक्रिया