RUMPUM
animated ellipse animated ellipse

निजी अस्पतालद्वारा ‘छोरी बचाऊ, आमा बचाऊ’ सेवा सुरु गर्भवतीको निःशुल्क उपचार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ माघ २०८०, बिहीबार १७:५०
324
Shares
विराटनगर / विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ ।

हस्पिटलले आज पत्रकार सम्मेलन गरी आजैदेखि लागू हुनेगरी आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो ।

‘आमा र छोरी बचाउ’ कार्यक्रम अन्र्तगत नर्मल डेलिभरी भएर जन्मिएको छोरी र छोरा दुवै आमाको निःशुल्क उपचार हुनेछ । शल्यक्रिया गरेर छोरा जन्मिएको आमाको उपचार खर्च भने लाग्ने अस्पतालले जनाएको छ । ‘यदि शल्यक्रिया भएर छोरी जन्मिएको खण्डमा आमाको उपचार खर्च लाग्ने छैन,’ पारस हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानलले भने ।

५० शैय्याको हस्पिटल रहेको पारसमा १५ शैय्याको गाइनो वार्ड रहेको छ । ८ शैय्याको एनआइसियू रहेको अस्पतालले जनाएको छ । ‘आमा र छोरी बचाउ’ कार्यक्रमबाट प्रसूती गराउन दक्ष जनशक्ति रहेको अस्पतालले जनाएको छ । प्रसूती तथा स्त्री रोग विशेषज्ञ डाक्टर कविता यादवको नेतृत्वमा उपचार गर्नेछन् ।

अस्पतालले ‘आमा र छोरी बचाउ’ कार्यक्रमबाट छोरी पाउने आमालाई अस्पतालले १ हजार रुपैयाँ प्रोत्सान भत्ता पनि दिने भएको छ । हस्पिटलले सहयौतिमा उपचार गर्ने पनि घोषणा गरेको छ । एक हजार रुपैयाँको सुविधा कार्ड बनाए एक वर्षसम्म अस्पतालको ओपीडि निःशुल्क, अन्य टेस्टहरुमा २५ प्रतिशत र मेडिसिनमा १० प्रतिशत छुट दिने बताएको छ ।

यसरी गरि आर्थिक विपन्न, दलित तथा असायहरुलाई जेनेरल बेडमा ५० प्रतिशत र अप्रेसन तथा अन्य टेस्टहरुमा २५ प्रतिशत छुट दिने गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारयण मेहताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर