पूर्वाञ्चल खबर

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै राहुल र उनका बाबु दिनेश कामतले छोराको ज्यान बचाइदिन देश–विदेशका मनकारी हातहरूसँग सहयोगको याचना गरेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेको यो परिवारले छोराको उपचारका लागि आफ्नो भएको जायजेथा सबै सिध्याइसकेको छ ।
“छोराको उपचारका लागि भएको १० धुर जग्गा ५ लाखमा बेचें,” बाबु दिनेशले गला अवरुद्ध पार्दै भने, “त्यसले पनि पुगेन, ऋण खोजेर ४० लाख सकायौं । अब त न बेच्ने सम्पत्ति बाँकी छ, न ऋण पत्याउने कोही छन् ।”
राहुलको हाल विराटनगरस्थित कोसी अस्पतालमा नियमित डायलाइसिस भइरहेको छ । सरकारले डायलाइसिस सेवा निःशुल्क उपलब्ध गराए पनि औषधि र अन्य स्वास्थ्य परीक्षणका लागि मोटो रकम खर्च हुने गरेको उनले बताए । एकपटकको डायलाइसिस र त्यससँगै जोडिने औषधिमा २० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको परिवारको भनाइ छ ।
सुरुमा स्वास्थ्य बीमाबापत प्राप्त हुने १ लाख रुपैयाँले केही राहत मिले पनि त्यो रकम निकै अगाडि सकिएको दिनेशले जानकारी दिए । “कोसी अस्पतालमा डायलाइसिस त निःशुल्क हुन्छ, तर औषधि र अन्य खर्च धान्नै सकिएन,” उनले भने, “मेरो छोरालाई बचाइदिनुस्, हामीसँग अब अरू कुनै उपाय छैन ।”
काम गर्नुपर्ने उमेरका छोरा थला परेपछि र भएको सम्पत्ति रित्तिएपछि कामत परिवार यतिबेला निकै ठूलो संकटमा छ । पत्रकार सम्मेलनमा राहुल आफैंले पनि आफ्नो बाँच्ने इच्छा रहेको भन्दै सहयोगका लागि सबैसँग अनुरोध गरे ।
सहयोगका लागि:
मृगौला पीडित राहुललाई सहयोग गर्न चाहनेले एनआइसी एसिया बैंक, बर्जु शाखामा रहेको खाता नम्बर ३४३५७५३१२४६२८००१ मा रकम जम्मा गर्न सक्नेछन् । थप जानकारीका लागि उनका बाबु दिनेश कामतलाई ९८०४३८६८९४ मा सिधै सम्पर्क गर्न सकिनेछ