animated ellipse animated ellipse

एसईई परीक्षा नगराउँन प्याब्सनको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ बैशाख २०७७, मंगलवार १६:५३
3
Shares
फाइल तस्वीर
विराटनगर / कोरोना भाइसको कारण स्थगित भएको चैत पहिलो साताका लागि तय भएको यस वर्षको एसईई परीक्षा नगराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिमका कारण रोकिएको परीक्षा अहिले पनि परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै प्याब्सनले परीक्षा नलिई आन्तरिक परीक्षाबाटै ग्रेड निर्धारण गर्न आग्रह गरेकोे हो ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले एक विज्ञप्ति जारी गर्दै विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपर्युक्त हुने भन्दै, कानुनी वाधा अड्चन हटाइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणिकरण गर्न सरकारलाई अनुरोध गरेका छन् ।

२०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने प्याब्सनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर