animated ellipse animated ellipse

फार्मेसीका कर्मचारी पक्राउ पर्दा, जनस्वास्थ्यकर्मीको विरोध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ भाद्र २०७८, मंगलवार १९:५०
3.21k
Shares
विराटनगर / स्वास्थ्य क्षेत्रमा बिचौलियाको भूमिका खेलेको आरोपमा विराटनगर ३ मा रहेको विराट नर्सिङ होम अगाडीदेखि फार्मेसीमा काम गर्ने पाँच जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ १ नं. प्रदेश कमिटिले विरोध जनाएको छ ।

महासंघको प्रदेश इन्चार्ज अन्जना पोखरेलले आज प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो ।

‘प्रहरी प्रशासनले विना कारण व्यवसायीहरुलाई धरपकड गरि त्रसित बनाउनु तथा सेवाग्राहीको स्वतन्त्राको अधिकार समेत कुन्ठित गर्न खोज्नु निजी अस्पताल संचालकहरुको मिलेमतोमा गरिएको हुन सक्ने महासंघको ठहर छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस्ता अमानविय गतिविधहरु तुरून्त रोकी विनाकरण पक्राउ गरिएको सम्पूर्ण औषधि व्यवसायीहहरुको अविलम्ब रिहाइ गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउ निडर व्यवसाय सञ्चालन गर्ने वातवरण सृजना गर्न माग गर्दछौं ।’

प्रहरीले सोमबार राती स्वास्थ्य क्षेत्रमा बिचौलियाको भूमिका खेलेको आरोपमा विवेक साह, रोहित साह, विनोद मेहता, सुनिल राय र सेरचन चौधरीलाई पक्राउ गरेको थियो । उनीहरू विराट नर्सिङ होम अगाडी काम गर्ने कर्मचारी हुन् । प्रहरीले उनीहरूलाई विचौलियाको भूमिका खेलेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर