खबर पूर्वाञ्चल
विराटनगर १६ मा वडा अध्यक्षको उम्मेदवार रहेका उनी कुनै बेला पूर्वाञ्चलकै लागि गौरवका खेलाडी थिए । उनका समकक्षी कानुन ब्यवसायी तथा नेता राजेश सुब्बा भन्छन्–‘मं खेलाडी हुंन सकिंन तर, उसको साथी भएकाले खेल हेर्नकै लागि नेपालका विभिन्न ठाउँ र भारतको सिलिगुडीसम्म पुगेको छु ।’ महर्जनले थाइल्याण्ड र वंगलादेशमा गएर पनि लिग खेलेका थिए ।
पुलिस क्लवबाट विदा लिएर उनी भारतका विभिन्न क्लबमा खेल्न पुग्थे । त्यस बेला नेपालको जागिरको तलबभन्दा भारतबाट खेलेर कमाएको रकम धेरै हुन्थ्यो । तत्कालिन कोशी अञ्चलको उत्कृष्ट खेलाडी भएकैले पुलिस क्लबको खेलाडी बनेर नेपाल प्रहरीको जागिरे भएका महर्जनले सेवा अवधि पूरा नगरी प्रहरी नायव निरीक्षकबाट अवकाश लिएका थिए ।
खेलपछिको प्रहरीको जागिरमा उनलाई त्यत्ति चाहना नभएकाले जनताको सेवा गर्न अवकाश लिएका थिए । नेपाल फुटवल संघका केन्द्रीय नेता वसन्त अर्यालका अनुसार, पूर्वाञ्चलबाट खेल्दापनि महर्जन उत्कृष्ट खेलाडीका रुपमा गनिन्थे । विराटनगरको सीमावर्ति क्षेत्र मिल्स एरियामा चर्चित ब्यक्ति भएकाले महर्जनलाई नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनाइएको सुब्बाले बताए । प्रहरी क्लबबाट फुटवल खेल्दा उनी ११ नम्बरको जर्सी लगाउंथे ।
उनीपछि हरि खड्काले सो नम्बरको जर्सी लगाएका थिए । प्रहरी क्लबमा रहंदापनि भारतको सिलिगुडीबाट १० वर्ष लिग खेलेका महर्जन दर्जन बढी संस्थामा अहिले नेतृत्वमा छन् । मिल्स गोल्डकप ट्रष्ट, पूर्व सैनिक तथा प्रहरी संगठन, विराट भजन समुह, राम जानकी मन्दिर, संयुक्त टोल संगठन, साइनो स्पोर्टस क्लव, विराट फुटवल ट्रष्ट, मिल्स माबि विद्यार्थी समुहमा रहेर उनले बिभिन्न क्षेत्रमा सेवाको काम गर्दै आएका छन् ।
वडाध्यक्ष जितेर जनतालाई हुनै नसक्ने आश्वासन दिने भन्दा पनि गर्न सक्ने कामका लागि मात्रै आपुले बचन दिएको मर्हजनले बताए । पुलिस क्लब छाडेर २०५२ सालमा प्रहरी तालिम केन्द्र रानी आएका उनी १५ वर्षभन्दा बढी खेल विभागको प्रमुख भएर बसेका थिए ।
त्यसैक्रममा मध्य रातमा सुरक्षा गर्न गस्तीको नेतृत्व गर्दै उनी सीमावर्ति क्षेत्रमा हिंड्थे । अहिले सोही क्षेत्रमा भोट माग्दै गरेका महर्जन अरुले जस्तो झूटो आश्वासन नदिएर सक्ने कुराको बाचा गरेर मतदातासंग आग्रह गर्दै आएको बताउंछन् ।