राजनीतिक दलसम्वन्धि अध्यादेश आवश्यक्ता र वाध्यता : मन्त्री कार्की

खबर पूर्वाञ्चल, १२ भाद्र २०७८, शनिबार १७:०१

विराटनगर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीहरुसँग कुरा गर्दै उनले गठवन्धन सरकारको संस्कृतिलाई ध्यानमा राखी सबैसँग छलफल गरी छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पारे ।

सरकारका प्रवक्त्ता समेत रहेका मन्त्री कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठन्बन्धक वाहेक अन्य दलहरुसंग सरकारमा सहभागीताका सम्वन्धमा कुरा भैरहेको जानकारी दिए ।

दिगो विकासका लागि सरकारले बाँकी अवधिका लागि ठोस दिशा निर्देशन गर्ने उल्लेख गर्दै उनले समयको महत्व वुझेर सरकारले जनताले अनुभूति गर्ने विकास कार्य शुरु गर्ने प्रष्ट पारे ।

मन्त्री कार्कीले राजनीतिक दलसम्वन्धि अध्यादेश आवश्यक्ता र वाध्यताले ल्याएको हो भन्दै आगामी अधिवेशनमा यस सम्वन्धमा छलफल हुने बताए । उनले नेपाली काँग्रेसको अधिवेशन तोकिएको समयमा हुने प्रष्ट पार्दे भदौ १८ गते वडास्तरीय अधिवेशन हुने बताए ।

मन्त्री कार्कीले निर्धारित समयमा सभापतिको नामको घोषणा सार्वजनिक गर्ने समेत जानकारी दिए । एमसिसि भनेको विकास परियोजना हो यो हाम्रो मुलुकलाई जरुरी भएको भन्दै उनले यस सम्वन्धमा दलहरुवीच छलफल गरि पारित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५