खबर पूर्वाञ्चल
बि.पि.एच. तेस्रो सेमेष्टरमा ४ जी.पि.ए प्राप्त गर्ने विद्यार्थी लिया खवास, सुगन्ध रेग्मी र समिर लावती , बि.पि.एच. प्रथम सेमेष्टरका विद्यार्थी असिम ढकाल, बि.टेक.एड.आई.टी कार्यक्रमको प्रथम र तृतीय सेमेष्टरमा जी.पि.ए. ४ प्राप्त गर्ने विद्यार्थीहरु क्रमशःजीया फत्मा र गौरब दाहाललाई कलेजले एक कार्यक्रम गरेर सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै कलेजका प्रमुख सि.एम. बस्नेतले शैक्षिक क्षेत्रमा लामो अनुभव लिएको भए पनि शिक्षकको मेहनेत र विद्यार्थीको पढाई प्रतीको झुकाबले यस्तो नतिजा आएको बताए । अहिलेका विद्यार्थीलाई सिकाई हुने गरि अध्यापन गराउन शिक्षकमा प्रभाबकारी रुपान्तरण हुनुपर्ने कुरालाई प्रमुख बस्नेतले जोड दिए ।
“एस्पायर कलेजमा परीक्षा मुखी भएर होईन, जीवनको सिकाई र करियरसँग जोडेर पढाईन्छ ।”कार्यक्रममाबोल्दै कलेजकी शैक्षिक संयोजक प्रितिका बस्नेतले हरेक विद्यार्थीको क्षमताको उच्च मुल्याङकन गर्दै , उनीहरुको भावनालाई बुझेर अध्यापन गराए । ब्याचलर डिग्रीका विद्यार्थीले यतीको नतिजा ल्याउने बताइन् ।
कलेजका अध्यक्ष विकाश अधिकारीले एस्पायर कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासकालागी कुनै कसर बाँकी नराख्ने बताए । अध्यक्ष अधिकारीले अब हरेक विद्यार्थीलाई रोजगारको (जवप्लेसमेण्ट) व्यवस्थापन गर्ने बताए ।
एस्पायर कलेजमा काठमाण्डौं विश्वविद्यालयको बि.वि.ए.च र आइ.टी कार्यक्रमहरु सञ्चालनमा छन् । एस्पायर कलेजमा हरेक वर्ष ब्याचलर डीग्री कार्यक्रममा यसरी जी.पि.ए ४ सहित सतप्रतिशतविद्यार्थी उत्तिर्ण हुदै आइरहेको कलेजले जनाएको छ ।