मोटसाइकल चोरलाई समात्न प्रहरीको ‘एम्बुस’, पहिलो दिनमै दुई जना पक्राउ

खबर पूर्वाञ्चल, १४ भाद्र २०७८, सोमबार २०:०१

विराटनगर / मोटसाइकल चोरीमा संलग्नलाई पक्राउ गरिन मोरङ प्रहरीले ‘एम्बुस’ अभियान सुरू गरेको छ ।

चोरी हुने सम्भावित ठाउँमा एम्बुस थाप्ने र मोटसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न यो अभियान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

​एम्बुस अभियानको प्रराम्भिक चरणमा प्रहरीले मोटसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । विराटनगर ११ र १२ मा एकैदिन ६ वटा मोटसाइकल चोरी भएपछि प्रहरीले शुक्रबार एम्बुस थापेको हो । बखरी प्रहरी चौकीका असइ भुवन श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शुक्रबार विराटनगर ११ सुम्निमा बोर्डिङ स्कूल अगाडी एम्बुस थापेर मोटरसाइल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

​पक्राउ पर्नेमा सुनसरी घर भएका नावलक १५ र १६ वर्ष उमेर समूहका रहेको प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले उनीहरूको साथदेखि मोटसाइकल चोरी हुँदा प्रयोग गर्ने ‘मास्टर’ चाबी पनि बरामद गरेको छ । ‘चोरीमा संलग्नले मास्टर चावी प्रयोग गरेको भेटिएको छ,’ उनले भने, ‘पक्राउ परेका नावलक भएपनि उनीहरू पेसेवर रहेको प्रारम्भीक चरणको अनुसन्धानदेखि खुल्न आएको छ ।’ नावलकलाई चोरीमा प्रयोग गरि विराटनगरमा क्षेत्रमा चोरीमा संलग्न गिरोहको सञ्जाल ठूलो हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडी बढाएको उनले बताए ।

घर अगाडी, सार्वजनिक स्थलमा राखिएको अवस्थामा पनि बाइक हराउने गरेको छ । ‘कतिपय केसमा त मोटरसाइकल धनी आफैंले चाबी बाइकमै छोडेर हिँडेको पनि भेटिएको छ’, डिएसपी श्रेष्ठले भने, ‘सवारीधनी स्वयमको लापरबाहीले पनि मोटरसाइकल हराउने गरेको छ ।’ अधिकांश पीडित व्यक्तिहरुसँग कुरा गर्दा अधिकांश साँझ र राति चोरी भएका छन् । दिउँसो चोरी गर्ने मनासाय बोकेर मान्छे वस्तुस्थिति बुझ्न आउँछन् । घरको स्थिति बुझ्छन् । मोटरसाइकल कहाँ राखेको छ हेर्छन् ।  रातिको समयमा मौका छोपेर चोरी गर्ने गर्छन् । त्यस्तै, घरमै राखेको गल्लीबाट समेत मोटरसाइकल गायब हुने गरेको छ । प्रहरीका अनुसार चोरहरुले अधिकांश स्थानमा दुईजना भएर मोटरसाइकल चोरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५