प्रदुषण न्यूनीकरणका निम्ति वृक्षारोपण

खबर पूर्वाञ्चल, १८ श्रावण २०७८, सोमबार १७:५०

विराटनगर / औद्योगिक प्रदुषण न्यूनीकरणका निम्ति रोटरी क्लब अफ विराटनगर डाउनटाउनले पछिल्लो समय वृक्षारोपण कार्यक्रमलाई तीव्रता दिएको छ ।

पर्यावरणको रक्षाका लागि बोटविरुवा लगाउनुपर्ने बिषयलाई आत्मसात गर्दै क्लबले सार्वजनिक स्थल, शिक्षण संस्था र स्कुल तथा कलेजहरुमा वृक्षारोपणलाई तीव्रता दिएको हो । क्लबले पछिल्लो समय खाद्य, फलफुल तथा सजावटका लागि प्रयोग हुने विभिन्न प्रजातिका बिरुवाहरु सम्बन्धित व्यक्तिलाई वितरण गरि आरोपण गर्दै आएको छ । क्लबले हालसम्म बेल, अमला, अशोक र कृष्णचुरा लगायतका विभिन्न प्रजातिका ५ सय ३५ वटा बिरुवाहरु वितरण गरिसकेको छ ।

आज मात्रै वन कार्यालयको सहयोगमा क्लबले विराटनगरको महेन्द्र रात्री मा. वि, आदर्श मा. वि, बालिका मा. वि र जहदाको जनता आधारभुुत विद्यालय तथा आफ्नो आङ्गिक संस्था रोटरी कम्युनिटी कर्प (आर.सि.सि) लाई कुल २ सय ५० वटा बिरुवा वितरण गरेको छ । सोमबार रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजलाई पनि वृक्षारोपणका लागि २५ वटा विरुवा वितरण गरिएको क्लबकी पे्रसिडेन्ट सञ्चिता जैनले बताईन् । उनीले औद्योगिक प्रदुषण न्युनीकरणमा वृक्षारोपण कार्यक्रम प्रभावकारी साबित हुने विश्वास व्यक्त गरिन ।

असार ३१ देखि क्लबले पर्यावरण रक्षार्थ वृक्षारोपण कार्यक्रमको अवधारणा अघि सारेको थियो । पहिलो चरणमा क्लबले आफ्नै सदस्यहरुबाट उक्त कार्यक्रमको सुरुवात गरेको थियो । सदस्यहरुले आ–आफ्नो उद्योग व्यावसाय परिसर र विराटनगरको हाटखोलास्थित परम विश्रान्ति स्थलमा कुल २ सय ८५ वटा विभिन्न प्रजातिका बिरुवाहरु रोपेका थिए । त्यसयता क्लबले वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

वृक्षारोपण कार्यक्रमलाई सफल तुल्याउन रोटेरियन बेनी गोपाल मुण्डदाको बिशेष सहयोग रहेको क्लबकी सेक्रेटरी अनिता सारडाले बताईन् । आज रोटरी भवनमा आयोजित एक औपचारिक कार्यक्रमकाबिच क्लबले मुण्डदालाई सम्मान समेत गरेको छ ।

क्लबले भने बिरुवाको विकासको सुनिश्चितताको आधारमा मात्रै वृक्षारोपणका निम्त्ति बिरुवा वितरण गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५