AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले विराटनगर कमिटी दोस्रो अधिवेशनको प्रतिनिधि छनोट सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०८१, शुक्रबार १८:३०
261
Shares
विराटनगर/ नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भएको छ।

वैशाख २ र ३ गते विराटनगर स्थित एमाले प्रदेश पार्टी कार्यालयमा सम्पन्न हुने दोस्रो अधिवेशनका लागि वडा तथा जनसंगठनबाट आउने प्रतिनिधि छनोट सम्पन्न भएको हो।

चैत २२ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय कमिटीको बैठकको निर्णय अनुसार चैत २८ गते महानगरको १९ वटै वडाबाट र आज जनसंगठनबाट आउने प्रतिनिधिहरुको छनोट सम्पन्न भएको महानगर कमिटीका प्रवक्ता एवम् प्रचार उपसमिति संयोजक राम पोखरेलले बताए। पोखरेलका अनुसार महानगर अधिवेशनका लागि महानगर १९ वटै वडाबाट २२० जना प्रतिनिधि छनोट भएका छन्।

भूगोलबाट प्रतिनिधि छनोट भएका २२० जना मध्ये खुला क्षेत्र बाट ११५ जना , महिला ६८ जना र युवाबाट ३७ जनाको सहभागिता रहने छ। त्यस्तै , महानगरमा क्रियाशील १६ जनसंगठनबाट ७९ जना प्रतिनिधि छनोट भएको पोखरेलले जानकारी दिए।

पोखरेलले क्रियाशील जनसंगठन मध्ये अधिवेशनलाई थप समावेशी तथा प्रतिनिधिमूलक बनाउन अखिल नेपाल महिला संघ , नेपाल उत्पीडित जातीय मुक्ति समाज र नेपाल ट्रेड युनियन महासंघ ( जिफण्ट ) बाट १० जनाको प्रतिनिधित्व सुनिश्चित गरेको तथा अन्य जनसंगठनको हकमा पार्टीको निर्णय बमोजिम प्रतिनिधि चयन समेत बताए।

महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले भूगोलबाट २२० जना , जनसंगठनबाट ७९ र १५ जना मनोनित गरेर अधिवेशनमा ३१४ जना प्रतिनिधिको सहभागिता रहने जानकारी दिए। कोइरालाले १५ जना प्रतिनिधि मनोनयन गर्दा प्रतिनिधित्व गर्न छुटेको क्षेत्र तथा समुदायका व्यक्तिहरुलाई प्राथिमिकता दिने बताए।

एमाले कोशी प्रदेश कमिटी सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले अधिवेशनको उद्घाटन पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले गर्ने बताए। बस्नेतले वैशाख २ गते विराटनगरको रोडशेष क्षेत्रबाट विभिन्न जातीय संस्कृति झल्किने झाँकी सहित र्यालीको आयोजना समेत गरिने बताए।

चैत २२ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय बैठकले अधिवेशन सम्पन्न अध्यक्ष रोहित कोइरालाको नेतृत्वमा सबै वडाको वडा अध्यक्ष तथा सचिवको सहभागिता रहने २५१ मुल व्यवस्थापन समिति तथा थप ९ वटा उपसमिति बनाईसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर