AArya
RUMPUM
animated ellipse animated ellipse

साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ असार २०७८, सोमबार ०८:२१
540
Shares
विराटनगर / साविक विजेता पोर्चुगल जारी युरो कपमा विश्व नम्बर १ टोली बेल्जियमसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको छ ।

बेल्जियमले पोेर्चुगललाई १–० को गोल अन्तरले पराजित गर्दै अन्तिम हाठमा स्थान सुरक्षित गरेको छ । बेल्जियमलको जितमा थोर्गन हाजार्डले ४२ औं मिनेटमा गरेको गोलनै निर्णायक बनेपछि साविक विजेता पोर्चुगल अन्तिम १६ बाट बाहिरिन बाध्य भयो ।

स्पेनको सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको खेलमा हाजार्डले पहलिो हापको ४२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिएले उपलब्ध गराएको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । ५८ मिनेटमा पोर्चुगलका डिएगो जोटाले पाएको अवसरमा गोल गर्न सकेनन्। रोनाल्डोले दिएको पासमा जोटाले हानेको प्रहार क्रसबारबाट बाहिरिएको थियो । ६१ मिनेटमा जोआओ फेलिक्सले पनि पाएको अवसर खेर फालेका थिए । लगत्तै बुनो फर्नान्डेजले पोर्चुगलका लागि अर्काे अवसर सदुपयोग गर्न सकेनन्।

६३ मिनेटमा लुकाकुले बेल्जियमको अग्रता दोब्बर पार्ने अवसर गुमाए । पेनाल्टी बक्स बाहिर पाएको अवसरमा उनको प्रहार आउट भयो । ८३ औं मिनेटमा पोर्चुगलका राफेल गुरेइरोको प्रहार पोस्टमा लागेर फर्केको थियो । त्यसअघि रुबेन डियाको हेडर बेल्जियमका गोलकिपर थिबाउ कोर्तवाले रोकेका थिए ।

समूह चरणको तीनवटै खेलमा गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।

पहिलो पटक युरोकप जित्ने लक्ष्यमा रहेको बेल्जियमले अब क्वाटरफाइनलमा एक पटकको विजेता इटलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर