पूर्वाञ्चल खबर
धनकुटाको भेडेटार स्थित एक होटलमा कार्यक्रमको आयोजना गरि अभिमुखिकरण कायक्रम सम्पन्न गरिएको कलेजले जनाएको छ ।
एसिसिए युकेद्धारा विश्वका १८१ देशहरुमा सञ्चालित व्यवसायीक बिषय हो । शतप्रतिसत रोजगारीको अवसर प्राप्त गर्न सकिने यस बिषयमा बिद्यार्थीहरुको आकर्षण बढ्न थालेको कलेज सञ्चालक दिनेश दाहालले बताए ।
विगत लामो समयदेखि केन्द्रीय राजधानीमा केन्द्रित एसिसिएको पढाई सन् २०१८ देखि उपत्यका बाहिर अध्ययन अध्यापन गराउने एक मात्र आधिकारीक संस्था सोम्स कलेज रहेको र पूर्वमा झापादेखि पश्चिममा चितवनसम्मका बिद्यार्थीहरु भर्ना गराउन सफल रहेको छ ।
कलेजले पढाइको गुणस्तर बृद्धिलाई पहिलो प्राथमिकतामा राखेको हुँदा राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजाहरु दिन सफल भएको सहायक क्याम्पस प्रमुख रोशन घिमिरेले जानकारी दिदै पूर्वी नेपालका एसिसिए अध्ययन गर्न चाहने विद्यार्थीको काठमाण्डौ जानु पर्ने बाध्यताको अन्त्य भएको बताए ।
अभिमुखिकरण कार्यक्रममा एसिसिए अमित अग्रवालले अन्तराष्ट्रिय स्तरको यस कोर्षमा सत प्रतिसत रोजगारी प्राप्त गर्न सकिने भएकाले अन्य कोर्ष भन्दा वर्तमान शैक्षिक बजारमा एसिसिए अति उत्तम रहेको बताए ।
कार्यक्रममा भर्ना भएकी छात्रा सुनिता बरालले अन्य कोर्ष भन्दा कम खर्चमा सत प्रतिसत रोजगारीको अवसर भएकोले र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको दक्ष जनशक्ति बन्न सकिने भएकाले आफुले एसिसिए नै रोजेको बताइन् ।