खबर पूर्वाञ्चल
नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडानसमेत नेता खनालले दोहो¥याए । आज संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यो सम्झौतामा गम्भीर खालका राष्ट्रिय हितविपरीतका कुरा रहेको बताए ।
‘नमिलेका कुरामा जबर्जस्ती हुँदैन । कतिपय विषय वर्षौवर्ष लगाएर सहमति हुन्छ, कतिपय विषय परिमार्जित हुन्छन, परिस्कृत हुन्छ, बदलिन्छ अनिमात्रै सहमति हुन्छ’ नेता खनालले भने, ‘असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ ? धाकधम्की दिएर हुन्छ ?’
‘यो सम्झौताभित्र गम्भीर र गम्भीरतम राष्ट्रिय हित विपरीतका कुरा छन् । त्यो कुरा नसच्चिकन ती कुरामा सुधार नभएसम्म एमसीसी पास हुन सक्दैन’ नेता खनालले भने ।