RUMPUM
animated ellipse animated ellipse

बिपी प्रतिष्ठानको अख्यितारको छापा, महत्पूर्ण कगजपत्र नियन्त्रण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ श्रावण २०७८, आईतवार १८:५०
405
Shares
विराटनगर / सुनसरीको धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेर छानबिन थालेको छ ।

अख्तियारको टोलीले बिहीबार छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिँदै छानबिन सुरु गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र इटहरीमा आएका उजुरीका बारेमा छानविन गर्न प्रहरी उपरीक्षक टेकबहादुर तामाङसहित अख्तियारको केन्द्रीय कार्यालयबाट पाँच र इटहरी कार्यालयबाट एक गरी जम्मा ६ जनाको टोलीले प्रतिष्ठानमा छानविन थालेको हो । छानविनका क्रममा शंका लागेका दस्तावेजहरु नियन्त्रणमा लिने र केही आवश्यक दस्तावेज अध्ययन गर्ने तामाङले जानकारी दिए ।

उनका अनुसार खरिद तथा निर्माणसँग सम्बन्धित विषयमा अनियमितता भएको दाबीका साथ अख्तियारमा उजुरीहरु परेका छन् । प्रतिष्ठानमा अनियमितता भएकोबारे पटक पटक आवाज उठ्ने गरेको थियो । प्रतिष्ठानकै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले समेत यसबारे आवाज उठाउँदै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर