खबर पूर्वाञ्चल
विराटनगर जुट मिलको खेल मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजकलाई ७५ रनको फराकिलो रन अन्तरले पराजित गर्दै पाहुना टोली नरपथगञ्ज उपाधि नजिक पुगेको हो ।
उपाधीको लागि नरपथगञ्जले शनिबार एनबीएससी क्रिकेट क्लब विराटनगरसँग भिड्नेछ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे पाहुना टोली नरपथगञ्जले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ९८ रनको विशाल स्कोर बनाएको थियो । नरपथगञ्जका अभिशेक पाण्डे र विजय भारतीले अर्धश प्रशार गरे । अभिशेकले ५९ रन बनाउँदा विजयले ५५ रन र रवडा कुमारले ३४ रनको योगदान दिए । विराटनगरका अरुण एरीले ह्याट्रिकसहित ४ विकेट लिँदा भुलावन सहनीले ३ विकेट विकेट लिए ।
जवाफमा १ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टिम विराटनगरले १५ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय २४ रनमा सिमित भयो । विराटनगरका अरुण एडिले २९ रन बनाउँदा अनिल साहले १८ रन र सुनिल धमालले १७ रन जोडे ।
नरपथगञ्जका दिव्य सिंहले ३ विकेट लिँदा सक्षमत शर्मा र रवडा कुमारले समान २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच नरपथगञ्जका अलराउण्डर खेलाडी रवडा कुमार घोषित भए ।