खबर पूर्वाञ्चल
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा लघुकथा संग्रहको लोकार्पण गरिएको हो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार मेदिनीप्रसाद शर्मा, बलराम पोखरेल, डा. विमला श्रेष्ठ, मधु पोखरेल, आयोजक संस्थाका महासचिव गोकुल अधिकारीलगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए ।
विमोचित कृतिका विषयमा समालोचक भूषण ढुङ्गेल र हरि कट्टेलले समीक्षा गरेका थिए । उनीहरुले संग्रहमा समाजका सबैजसो विषयलाई समेटेको चर्चा गरे । ‘धुवाँको रङ’ लघुकथासंग्रहभित्रका सबैजसो कथादमदार र शक्तिशाली भएको समीक्षकहरुको टिप्पणी थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपकुलपति थपलियाले लघुकथा विधा समसामयिक यथार्थ अभिव्यक्त गर्ने सशक्त माध्यम भएको उल्लेख गरे । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदित, रोशन पराजुली, रमेन्द्र कोइराला, सीमा आभास, विष्णु भण्डारी, गायत्रीकुमार चापागाईंले संग्रह भित्रका लघुकथा प्रस्तुत गरेका थिए ।
‘धुवाँको रङ’ लघुकथा संग्रहमा विभिन्न सामाजिक, मानवीय र समसामयिक विषयमा आधारित ७९ वटा लघुकथा समेटिएका छन् । करिब चार दशकदेखि कविता, कथा, मुक्तक र बाल साहित्य क्षेत्रमा सक्रिय अकिञ्चनका यसअघि ‘अमूर्त सपना’ र ‘जूनको आँगन’लगायतका कृति प्रकाशित भइसकेका छन् ।