AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अग्रवाल दिदिबहिनीको पढाईको जिम्मेवारी लिए युवा व्यवसायी अन्सारीले

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ चैत्र २०७८, आईतवार १८:२६
8.63k
Shares
विराटनगर / विराटनगरका समाजसेवी तथा रोयल विरयानी हाउसका सञ्चालक पप्पु अन्सारीले अग्रवाल परिवारका दुईजना दिदिबहिनीको पढाईको जिम्मेवारी लिएका छन् ।

युवा व्यवसायी अन्सारीले विराटनगर–९ का १७ वर्षिया खुशी अग्रवाल र १९ वर्षिया खुस्बु अग्रवालको स्नातक तहसम्मको पढाईको जिम्मेवारी लिएका हुन् । कक्षा १२ देखि नै पढाईको खर्च बेहोर्दै आएका अन्सारीले आगामी दिनको उच्च शिक्षाको जिम्मेवारी पनि आफैले लिने बताए । एसईई दिएर अध्ययन गर्न चाहाना विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गर्दै गर्दा भेटिएका खुस्बु र खुशीले पनि आफूहरु खर्च अभावका कारण पढ्नबाट वञ्चित हुने अवस्था आएको भनाई राखेसँगैे उनीहरुको पढाई खर्चेको जिम्मेवारी लिएको अनसारी बताउछन् ।

‘एसईई सकेर बसेको विपन्न र पढाईमा अब्बल विद्यार्थीहरुलाई ‘छात्रवृत्ति’ दिने घोषणा गर्दै गर्दा मैले उहाँहरुलाई भेटेको हो, उनीहरुले पनि आफूहरु खर्च अभावले पढ्ने वातावरण नभएको सुनाएपछि मैले उनीहरुलाई १२ सम्म पढाउछु भनेको थिए ।’उनी सुनाउछन् ।‘र उहाँहरुको पढाई राम्रो छ एकजनाले १२ पास गरिसक्नुभयो्, अर्को बहिनीले बाँकी छ उहाँहरुले पढ्न चाहानु भएको छ । सकेको सहयोग गर्ने हो ।’ अन्सारी व्यवसायसँगै सामाजिक काममा पनि अब्बल छन् । भने उनी आगामी बैशाख ३० गते तय भएको स्थानीय निर्वाचनका लागि एमालेको तर्फबाट विराटनगर–९ का वडा अध्यक्ष पदका आकांक्षी समेत हुन् ।
प्रमाणपत्र पाएपछिको खुशी
‘अक्सर अग्रवाल परिवारलाई समाजले सम्पन्नको नजरले हेर्छ । तर, हेरेको जस्तो कहाँ हुन्छ र ?’‘प्रमाणपत्र ग्रहण गर्दै खुस्बुले भनिन् ।’ अग्रवाल मारवाडी समुदायका व्यावसायिक हिसाबले अब्बल भन्ने बुझे पनि आफूहरुको आर्थिक अवस्था देख्नेले देखेको जस्तो नहरेको उनी बताउँछिन् ।

उनको बुवा त्रिपाल उद्योगमा काम गर्छन । बुवाको कमाईले ५ जनाको परिवार धानेको बताउँने उनी अध्ययन गर्न धेरै रहर भए पनि आर्थिक अवस्थाले ‘ब्रेक’ लाग्न खोज्दा पप्पु अनसारीले साथ दिएको बताउछन् । खुस्बु र खुशीका लागि १२ पास गर्न मात्रै पर्याप्त थियो तर उनीहरुको पढाई प्रतिको लगाभ र पढाई राम्रो भएकाले उनीहरुले चाहे झैँ पढाउन चाहेको अनसारी बताउछन् । खुस्बु भन्छिन्,‘आफ्नाले पनि बेवास्ता गरेको अवस्थामा पप्पु सरले दिनुभएको हौसला र साथ सँधै प्रेरणा र सफलताको खुड्किला बनिरहन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर