खबर पूर्वाञ्चल
क्लवको ६२ औँ स्थापना दिवसको अवसरमा आज सभाहल उद्घाटन र नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।
विसं २०१५ मा स्थापना गरिएको बुद्धिजीवी संगठन रहेको ‘एलिट क्लव’का नेतृत्ववर्गले मुलुकमा प्रजातन्त्र स्थापनामा ठूलो योगदान दिएका थिए । विराटनगर महानगरपालिकाको २३ लाख ६८ हजार सहयोगमा उक्त सभाहल निर्माण गरिएको हो ।
महानगरपालिकाका प्रमख भीम पराजुलीले क्लवका कारण विश्वमा विद्धत वर्गको शहरको रुपमा चर्चामा आएको बताउँदै नगरको इतिहास यसले कायम गरेको धारणा राखे । उनले महानगरले विकास सम्वन्धी कार्यका लागि क्लवबाट मार्गदर्शन सुझाव लिने गरेको जानकारी दिदै यस संस्थाको गरिमा कायम राख्न थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
महानगरकी उपप्रमुख इन्दिरा कार्कीले संस्थाले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा सिँगो मुलुकमा प्रकाश फैलाएको बताइन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले लोकतन्त्र स्थापनामा बौद्धिक क्षेत्रबाट भएको योगदानको प्रशंसा गरे ।
क्लवका अध्यक्ष विश्वनाथ रिजाल, महासचिव यज्ञ शर्मा, संस्थापक राधाप्रसाद घिमिरे,प्रा कृष्ण पोखरेल,डा. भेषप्रसाद धमला र पूर्व अध्यक्ष शान्ता रिजालले मुलुकको हितलाई ध्यानमा राखी संस्थामा विभिन्न विचारधालाई समेटिएको साथै पदाधिकारीहरुको कार्यकाल वृद्धि गर्नु पर्ने र सदस्यता वितरणमा खुकुलो गर्नु पर्ने सुझाव दिए । क्लवले आगामी केही दिनमा व्यवस्थित पुस्तकालय सञ्चालनमा ल्याउने जानकारी सोही अवसरमा दिइयो ।
तपाईको प्रतिक्रिया