खबर पूर्वाञ्चल
आज भएको पहिलो खेलमा सुष्मा गोदावरीले कस्तुरी कलेजमाथी १ रनको रोमाञ्चक जीत हात पारेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सुष्माले निर्धारित १० ओभरमा ७ विकेट गेमाउदै ७८ रन बनाएको थियो । ७९ रनको बिजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको कस्तुरीले ५ विकेटको क्षतीमा ७७ रन मात्र बनाउन सक्यो ।
दोस्रो खेलमा आस्था कलेजले इटहरी नमुना कलेजलाई ५२ रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको आस्थाले निर्धारित १० ओभरमा ४ विकेट गुमाउदै १ सय १७ रन बनाएको थियो । १ सय १८ रनको बिजयी लक्ष्य पछ्याएको इटहरी नमुना ९ विकेट गुमाउदै ६५ रनमा सिमित भयो ।
भोलीसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका बिभिन्न जिल्लाबाट छनौट भएर आएका ६ वटा कजेजहरुको सहभागिता रहेको छ । प्रादेशिक विजेता टोलीले काठमाडौमा माघ ९ दखि १२ गतेसम्म हुने राष्टिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछ । हाइपयेती इभेन्ट्स र ई–प्लानेट एजुकेशन कन्सल्टेन्सीको संयुक्त आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा सात वटै प्रदेशबाट छानिएका टोलीहरु र आयोजक गरी ८ टिमले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताका खेलहरु टि–टेन फम्र्याटमा हुनेछ । हरेक प्रदेशका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।