RUMPUM
animated ellipse animated ellipse

अष्ट्रियाको साल्ज्ब्रुगमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ आश्विन २०८०, बिहीबार १९:०५
621
Shares
विराटनगर / अष्ट्रियाको साल्ज्ब्रुगमा आगामी अक्टोबर १ तारिखमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ ।

समाजसेवी एवं व्यवसायी कृष्ण विश्वकर्माको संयोजनमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुन लागेको हो । आपसी भाइचारा अभिवृद्धि गर्दै अष्ट्रियामा रहेका नेपालीहरूलाई भावनात्मक रुपमा जोड्नका लागि नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) र साल्ज्ब्रुगबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुन लागेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाको आयोजनामा अक्टोबर ७ तारिखमा हुन लागेको महिला तथा पुरुष भलिबल प्रतियोगिताको पूर्वसन्ध्यामा अक्टोबर १ मा मैत्रीपूर्ण खेल हुन लागेको खेल संयोजक कृष्ण विश्वकर्माले जानकारी दिए । प्रतियोगिताका लागि व्यापक तयारी भइरहेको उनको भनाइ छ ।

साल्ज्ब्रुगमा हुने प्रतियोगितामा एनईएससीबाट खेम विश्वकर्मा, दिलकुमार घमाल, रोहित विश्वकर्मा, प्रेम रसैली, गर टेम्बा शेर्पा, एल्विन हुवामन, अमृत तिवारी, अञ्जल अधिकारी, राजु विश्वकर्मा, सुनिल दियाली, रावत विजय पलले सहभागिता जनाउने निश्चित भएको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । प्रतियोगिताका लागि टोलीको प्रबन्धकका रुपमा पासाङ निग्मा शेर्पाले जिम्मेवारी लिनेछन् । त्यस्तै समाजसेवी एवं व्यवसायी विकास कार्की, अंग कामी शेर्पा, कृष्ण विश्वकर्मा, मिग्मा शेर्पा संघको सल्लाहकारका रुपमा रहेका छन् । सन् २०२० मा स्थापित संघले युरोपमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित संघले यसअघि पनि युरोपका विभिन्न स्थानमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाइसकेको छ ।

युरोपमा रहेका नेपालीहरूलाई भावनात्मक रुपमा जोड्नका लागि प्रतियोगिता गर्न लागिएको आयोजकको नेतृत्व गरिरहेका खेल संयोजक विश्वकर्माले बताए । “यो प्रतियोगिताले विशेष गरी अष्ट्रियामा बसोबास गर्ने नेपालीलाई भावनात्मक रुपमा जोड्नेछ,” विश्वकर्माले भने, “अझ एनईएससीले भलिबल खेलका लागि गरिरहेको काम प्रशंसनीय छ । एनईएससीसित खेल्न पाउनु खुसीको कुरा पनि हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर