खबर पूर्वाञ्चल
चैत्र ६ गतेदेखि बन्द भएका विद्यालय महानगरपालिकाले अनलाइन साथै भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालनको अनुमति दिएसँगै आजबाट विद्यालय खुलेका हुन् । प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सञ्चालनमा ल्याएको एभरेस्ट सेकेन्डरी स्कुलले अनलाइन कक्षासँगै भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन सुरु गरेका छन् ।
स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर र विद्यार्थीलाई सिफ्ट मिलाएर अध्यापन सुरु गरेको प्रिन्सिपल टिकाराम पुरीले बताए । उनले भने, एउटा कक्षाका आधा विद्यार्थीले स्कुलमा भौतिक रुपमा उपस्थित हुन्छन् भने आधाले अनलाईन कक्षामा पढ्छन् ।
विद्यालयले प्रवेश द्धारमा नै तापक्रम मापन गर्ने साथै सेनिटाइजरको व्यवस्था गरेका छन् । विद्यालयमा आइसोलेसन सेन्टर र हेल्थ डेस्कको पनि व्यवस्था रहेको विद्यालयका भाइस प्रिन्सिपल टिएन भण्डारीले बताए । उनले भने, तीन बेडको आइसोलेसन कक्षा र दुई बेडको हेल्थ सेन्टर राखिएको छ ।
स्वास्थ्य सुरक्षा अपनाएर लामो समयमा स्कुल आउन पाउँदा आफुलाई राम्रो लागेको सोहि विद्यालयमा कक्षा ८मा अध्ययनरत परिधि पोखरेलले बताइन् ।
Tika ram puri is one of the corrupt principles. He helps to reinforce the dicriminatory stereotype.
From ex-student