ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

माधव नेपाल पक्षका मोरङका दुई मेयर समाजबादी नगई एमालेनै रोजे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ भाद्र २०७८, मंगलवार १८:५७
2.09k
Shares
विराटनगर / माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा समाजबादी पार्टीमा सनाखत गर्ने भनिएको मोरङका दुई नगरपालिकाका मेयर समाजबादी नगई एमालेमै बसेका छन् ।

माधवकुमार नेपालले नयाँ दल दर्ता गरेपछि उनी पक्षमा सनाखत गर्ने भनिएका पथरी नगरपालिकाका मेयर दिलीप राई र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी एमालेमै बस्ने भएका हुन् ।

पार्टी विभाजन हुँदा उनीहरू माधव समूहमा खुलेका थिए । तर दल सनाखत गर्न भने आएनन् । माधव समूहमै रहेकी केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेल पनि एमालेमै बसेकी छिन् ।

नेकपा एमाले विभाजनपछि नयाँ दल रोज्नका लागि आजसम्मको समय दिइएको थियो । आज नेकपा समाजवादीका नेताहरूले सम्पर्क गर्दा दुवै मेयरले टेलिफोन अफ गरेका थिए ।

‘उहाँहरूले आज आएर सनाखत गर्ने बताउनुभएको थियो,’ नेकपा एसका एक नेताले भने,‘ तर अन्तिम समयमा आउन मान्नुभएन ।’

निर्वाचन कार्यालय मोरङका अनुसार मोरङका आठ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन् । चार जना वडाध्यक्ष र चार जना वडा सदस्यले नयाँ पार्टी रोजेका हुन् । १० जना प्रदेश सांसदले पनि मोरङबाटै नयाँ पार्टी रोजेका थिए ।

नेकपा एमालेबाट चुनाव जितेका मोरङका स्थानीयतहका ३ सय ४३ जना जनप्रतिनिधि ८ जनाले मात्र एकिकृत समाजवादी रोजेका छन् । आजसम्म ४ जना वडाध्यक्ष र ४ जना वडा सदस्यले मात्र एकिकृत समाजवादीका लागि सनाखत गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर