AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भानु आधारभुत स्कुल ६७ औं वर्षमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०८०, शनिबार १७:३०
549
Shares
विराटनगर / विराटनगर– १० मा रहेको भानु आधारभुत सामुदायिक विद्यालय ६७ औं वर्षमा प्रवेश गरेको छ ।

आज स्कुलले एक कार्यक्रमको आयोजना गरेर ६७ औं वार्षिक उत्सव तथा अविभावक दिवश मनाएको हो ।

स्कुलले २०७९ सालको शैक्षिक सत्रमा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । नगद पुरस्कारको व्यवस्था समाजसेवी डा. सम्झना प्रधान, कृष्णकुमार मास्के, रिना हार्डा र विनय अर्जेलले गरेका थिए ।

कार्यक्रममा स्कुलमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेर उपस्थित सवैलाई मनोरञ्जन प्रधान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगर पालिकाका प्रमुख प्रशासनिक अधिकृत राजेन्द्र पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश मास्के, वडा नं १० का वडा अध्इक्ष अर्जुन गिरी, स्कुल प्रअ सन्जिव घिमिरेलगायतले बोलेका छन् । बाल शिक्षादेखि कक्षा ५ सम्म अध्ययरत स्कुलमा १ सय ५९ जना विद्यार्थी रहेको स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर