RUMPUM
animated ellipse animated ellipse

‘किसानको जीवनस्तर उकास्ने ग्यारेन्टी गर्छौ’–ढकाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७९, बुधबार १२:१५
126
Shares
विराटनगर / नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले एमालेले पाँच वर्ष भित्रमा नेपाली किसानको जिवनस्तर उकास्ने ग्यारेन्टी गरेको बताएका छन् ।

चुनावी अभियानका क्रममा कटहरी गाउँपालिका ३ मा भएको टोल भेलालाई मंगलबार सम्बोधन गर्दै ढकालले नेपाली किसानले भोग्दै आएका समस्याहरु समाधानका लागि एमालेले विशेष कार्यक्रम ल्याएको बताए । मलका समस्या, बिऊका समस्या, मुल्यको समस्या, बजारका समस्या रहेको बताउँदै उनले ती समस्या समाधान गर्दै उत्पादित बस्तुको मुल्य र बजारको ग्यारेन्टी एमालेले गर्ने बताए ।

एमालेको सरकार बन्यो भने कृषिलाई आधुनिकिकरण र यान्त्रीकरण गर्ने, युवालाई कृषिमा लाग्ने वातावरण सिर्जना गर्ने, कृषकको जीवनस्तर उकास्दै कृषिमा देशलाई आत्मनिर्भर बनाउँने एमालेको लक्ष्य र कार्यक्रम भएको उनले बताए । उनले भने ‘यो क्षेत्र कृषिमा आधारित क्षेत्र हो । त्यसैले एमालेको नीति अनुसार यस क्षेत्रका किसानको जीवनस्तर उकास्न मैले गर्नुपर्ने सबै कार्य गर्नेछु ।’

समयमै मल, बिउ उपलब्ध गराउँने कृषकहरुलाई आधुनिक कृषिको ज्ञान, सीप दिलाउने, कृषिमा यान्त्रिकरण गरेर उत्पादन बृद्धि गर्ने, उत्पादित वस्तुको मुल्य र बजारको ग्यारेन्टी गर्ने कार्य पाँच वर्षमा सकेर किसानको जीवन परिवर्तन गर्ने उनको भनाइ थियो । उनले भने ‘एमालेले जब–जब अवसर पाएको छ, काम पनि गरेको छ ।’ एमाले देश बनाउँने भिजन र काम गर्ने योजना भएको पार्टी भएकाले एमालेलाई यस पटकको निर्वाचनमा बहुमत सहित विजयी गराउन ढकालले मतदातालाई आग्रह गरे ।

मोरङ क्षेत्र नं. ४ का विभिन्न टोलको घरदैलोमा रहेका ढकाललाई चुनावी अभियानमा कलाकारहरुको सास्कृतिक टोलीले पनि साथ दिएको छ । पहिलो पटक यस क्षेत्रमा उम्मेदवार बनेका ढकालको मुख्य प्रतिष्पर्धा यस अघि त्यसै क्षेत्रबाट विजयी भएका माओवादी केन्द्रका अमनलाल मोदीसँग छ । मोदीले आफ्नो कार्यकालमा क्षेत्रको विकासका लागि सक्रिय भूमिका निर्वाह नगरेको भन्दै स्थानीयबासी रुष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर