RUMPUM
animated ellipse animated ellipse

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ मंसिर २०७७, सोमबार १२:०३
576
Shares
झापा / झापाको कमल गाउँपालिका–६ का श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

आईतवार अपरान्ह साँढे ५ बजे ४७ बर्षीय चुडामणी भण्डारी ३९ बर्षीया श्रीमती टिकादेवी पौडेल र दमक नगरपलिका–२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आई दवै जनालाई खुकुरी प्रहार गर्दा श्रीमती टिकाको घटनास्थलमा नै मृत्यु भएको हो ।

खुकुरी प्रहारबाट घाईते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भईरहेको तथा खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर