खबर पूर्वाञ्चल
इकाइका अनुसार शुक्रबार राती निस्किएको नतिजा अनुसार मोरङ जिल्लामा विकेभीएमका ६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका हुन् । विकेभीएमबाट २ सय ७१ जना विद्यार्थीले परिक्षा दिएका थिए । जस अनुसार २ सय १४ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जिपिए, ५३ जना विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए ल्याएको स्कुलले जनाएको छ ।
उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई आज स्कलले सम्मान समेत गरेको छ । विद्यालयका प्रिन्सिपल रविनकुमार दाहालले विद्यार्थीको लगन र मेहनतले नतिजा आएको बताए । उनले भने, ‘हामीले विद्यार्थीलाई असल र ब्यवहारिक शिक्षा दिएका हौं । विद्यार्थीले आफ्नो मेहनत, अध्ययन, लगावका कारण नतिजा राम्रो दिलाएका हुन् । यो नै अन्तिम नतिजा भने होइन्, विद्यार्थीले आफ्नो भविष्य बनाउन अझ अरु खुड्किलो पुरा गर्नुपर्छ। यसका आधार हामीले बनाइदिने वातावरण तयार गरिदिएका हौं । नतिजाबाट खुशी छौ।’