पूर्वाञ्चल खबर

को २ प ४२४१ नम्बरको अटो टेम्पुको सिट मुनी लुकाएर गाँजा भारततर्फ लैजान लागेको अवस्थामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) भुटहा जहदाका सशस्त्र प्रहरी निरीक्षक जंगबहादुर सिंहको कमाण्डमा खटिएको मोवाइल गस्ती टोलीले बरामद गरेको हो । बिओपी भुटहा जहदाका सशस्त्र प्रहरीको टोलीले चेकजाँचको क्रममा मोरङको जहदा गाउँपालिका १ भुटहाबाट आइतबार साझ गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।
‘नियमित चेकजाँचको क्रममा भारततर्फ तस्करी हुन लागेको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो,’ एसपी पौडेलले भने, ‘बरामद भएको गाँजा र पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरलाई जिम्मा लगाएका छौं ।’ इप्रका रानी विराटनगरले गाँजा सहित पक्राउ परेका राईलाई लागूऔषध मुद्दामा आज म्याद थप गरि अनुसन्धान सुरू गर्ने भएको छ ।