AArya
RUMPUM
animated ellipse animated ellipse

जलविद्युत परियायोजनामा सरकारले नागरिकको नाममा लगानी गर्ने –मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०८२, बुधबार २०:१९
90
Shares
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले प्रदेशमा निर्माण हुने ठूला जलविद्युत परियोजनामा नागरिकको नाममा लगानी गर्ने बताएका छन् ।

नेकपा एमाले कोशी प्रदेश उर्जा, जलश्रोत तथा सिंचाई विभागद्वारा आज विराटनगरमा आयोजित प्रदेशको समृद्धिका लागि जलस्रोत एवं उर्जा विषयक कार्यशाला गोष्ठीमा उनले प्रदेश सरकारले नीति एवं कानून निर्माण गरि कोष मार्फत यस क्षेत्रका गरिवीका रेखामुनी रहेका ११ प्रतिशत जनताको नाममा शेयर लगानी गर्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश सरकार यस क्षेत्रका जनतालाइ धनि बनाउने र ठूलठूला परियोजनामा नागरिकहरुलाई प्रत्यक्ष सहभागी बनाउने नीतिले कार्य गरिरहेको छ ।’ उनले सुनसरी, मोरङ ,झापा र इलामको दक्षिण क्षेत्रका जनताको समृद्धिमा रहेको महत्वपूर्ण योजना ‘तमोर चिसाङ्ग डाइभर्सन ’ रहेको छ भन्दै यसमार्फत विद्युत, यहाँका नागरिकले विद्युत खानेपानी, सिंचाई प्राप्त गर्नुका साथै पर्यटकको आवागमन वृद्धि हुनाले यसको निर्माण कार्य चाँडै नै अगाडि वढाउने बताए ।

मुख्यमन्त्री कार्कीले मुलुकको समृद्धिको मुख्य आधार रहेको जलविद्युत परियोजनाको निर्माणका लागि वाटो निर्माण, जग्गा प्राप्ति लगायतका कार्यमा स्थानीय तह, राजनीतिक दलहरुले सहजीकरण गर्नुपर्ने सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर