खबर पूर्वाञ्चल
आज स्कुलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा राष्ट्रियस्तरका स्पर्धामा उत्कृष्ट हुने खेलाडीहरुलाई सम्मान गरेको हो ।
गत जेठको २७ र २८ गते अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्स सातदोबाटो ललितपुरमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक च्याम्पियनसीप २०२५ मा सहभागी भर्इ जिग्सन तामाङले गोल्ड मेडल प्राप्त गरेका थिए। कक्षा ७ मा अध्ययनरत तामाङले ब्वाइज तर्फ ५० मिटर फ्री स्टाइल (एल।सी)ं मा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोल्ड मेडल प्राप्त गरेका थिए। उनलाई विद्यालयले नगद १० हजारसहित सम्मान गरेको हो । उनले ५० मिटर दुरी ००.३२.७६ मिनेटमा पुरा गरेका थिए ।
यस्तै एभरेष्टकै कक्षा ९ की छात्रा साक्षम बस्नेतलाई राष्ट्रिय स्तरको टेबल टेनिस डबल्स प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भएकोमा सम्मान गरिएको छ । उनलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको एभरेष्ट स्कुलकी अतिरिक्त कृयाकलाप ईन्चार्ज सुधा डंगोलले बताइन्। दुवै जनालाई विद्यालयका प्राचार्य टिकाराम पुरीले खादा, टीका र नगद पुरस्कार प्रदान गर्दै सम्मान गरे ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य पुरीले यस्ता उपलब्धि हासिल गर्ने विद्यार्थी एउटा विद्यालयको मात्र नभई देशकै गहनाको रुपमा स्थापित हुने विश्वास गरे। उनले अध्ययनका साथसाथै आफ्ना रुचि अनुसारका कृयाकलापमा पनि मेहनत गर्न सक्ने ब्यक्ति सफल हुने समेत बताए। उनले विजयी खेलाडीहरुलाई हौसला प्रदान गर्दै भने, ‘यो उपलब्धिले खेलाडी विद्यार्थीको मात्रै हैन एभरेष्टको समेत इज्जत बढेको अनुभूति हामीले गरेका छौं ।’