animated ellipse animated ellipse

‘शत्रु’ मञ्चनसँगै सकियो आरोहण नाटक महोत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ असार २०८१, बुधबार २०:०२
36
Shares
विराटनगर । ‘शत्रु’ नामको नाटक मञ्चन गर्दै विराटनगरमा आरोहण नाटक महोत्सव समापन भएको छ ।

हाटखोलास्थित गुरुकुलमा शनिबारदेखि शुरु भएको महोत्सवमा अन्तिम तथा छैठौं नाटकका रुपमा आज कलालय इटहरीले विश्वेश्वरप्रसाद कोइरालाको कथामा आधारित नाटक मञ्चन गर्यो । सुगम दुलालको नाट्यकरण तथा प्रज्वल पराजुलीको निर्देशनमा तयार उक्त नाटकले एउटा व्यक्तिको मनोविज्ञानलाई देखाएको थियो ।

नकारात्मक तत्वहरुले मानिसको सकारात्मक मनस्थितीलाई कसरी बिगार्दै शत्रुताको विशाल आधार खडा गर्न सक्छ भन्ने कुरालाई नाटकमा प्रस्तुत गरिएको थियो । नाटकमा प्रजल दुलाल, आशीष पुरी, करण प्याकुरेल, नितीका घिमिरे लगायतको अभिनय रहेको थियो । यससँगै असार १ देखि शुरु भएको नाटक महोत्सव पनि सकिएको छ ।

आयोजक आरोहण गुरुकुल विराटनगरले चौथो अध्याय मञ्चन गर्दै शुरु भएको महोत्सवमा दोस्रो दिन कदम थिएटरले जयमाया आफू मात्रै लिखापानी आइपुगी, तेस्रो दिन ह्वी क्यानले स्कुल र पिस नेपालले हेत्छाकुप्पा मञ्चन गरे । चौथो गौरादह जेसीज तथा झोराहाट नाट्य समूहले सुरुङ मञ्चन गरेका थिए ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा भएको महोत्सवमा कोशी प्रदेशका कुल ६ वटा नाटक मञ्चन भए । कोशी प्रदेशका नाट्यकर्मी तथा साहित्यकारहरुको जमघट र आपसी सांस्कृतिक आदानप्रदान भएको महोत्सवले आगामी कार्यक्रम आयोजना गर्न हौसला मिलेको आरोहण विराटनगरका अध्यक्ष तथा महोत्सव निर्देशक भैरव क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर