AArya
RUMPUM
animated ellipse animated ellipse

झापालाई पराजित गर्दै भोजपुर बेलबारी गोल्डकपको अन्तिम चारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ आश्विन २०८२, सोमबार २०:४४
36
Shares

बेलबारी / मोरङको बेलबारी लक्ष्मीमार्गमा जारी आठौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपमा झापा ११ लाई पराजित गर्दै भोजपुर अन्तिम चारमा प्रवेश गरेको छ ।

आज भएको रोमाञ्चक खेलमा गोलरक्षक समीर क्षेत्री नायक बन्दा भोजपुरले झापालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले स्तब्ध बनाउँदै भोजपुर अन्तिम चारमा पुगेको हो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा भोजपुरका लागि विबेक राई, धिरेन क्षेत्री, विवेक राई (बि), मिसाज लिम्बू र सुजन चौधरीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

झापाका सिमान्त थापामगरले प्रहार गरेको बल भोजपुरका गोलरक्षक समीरले उत्कृष्ट बचाउ गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याए ।झापाका तर्फबाट मुसा कामाकाट, एरोन थापा मगर, पेमा तामाङ र सुमन थापाले मात्र गोल गर्न सके ।

यस अघि भएको खेलको ३९ औं मिनेटमा झापाका एरोन थापा मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, झापाको त्यो अग्रता एक मिनेट पनि टिक्न सकेन । लगत्तै ४० औं मिनेटमा भोजपुरका मिलन लिम्बुले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

निर्धारित समयमा झापाले पाएका थुप्रै अवसरहरू गुमाउँदा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । खेलको २१ औं मिनेटमा झापाका एरोन थापा मगरको शक्तिशाली प्रहारलाई भोजपुरका गोलरक्षक समीर क्षेत्रीले पन्च गरेर उत्कृष्ट बचाउ गरेका थिए । लगत्तै भोजपुरका मिलन लिम्बुको सशक्त प्रहार बाहिरिँदा भोजपुरले पनि जितका लागि टाइब्रेकरसम्म कुर्नुपर्‍यो ।

खेलको नायक बनेका भोजपुरका गोलरक्षक समीर क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भए । मंगलबारको खेल रारा फुटबल क्लब, राजारानी धनकुटा र ‘बी’ डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड क्लबबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर