AArya
RUMPUM
animated ellipse animated ellipse

अरुलाई हराउन हैन आफु जित्न उम्मेदवार भएको हो : पर्शुराम बस्नेत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०७९, सोमबार १७:२०
3
Shares
विराटनगर / मोरङमा चुनावी सरगर्मी बढ्दै गएको छ । उम्मेदवारहरु कसरी हुन्छ आफ्ना प्रतिस्पर्धीलाई गाली गराउने र हराउनै पर्छ भन्ने रणनीतिमा देखिन्छन् । तर यस्ता उम्मेदवार पनि छन् जो अरुलाई गाली नगरी जित्न सकिन्छ भन्ने लयमा अघि बढेका छन् ।

मोरङ क्षेत्र नम्बर ६ (२) का उम्मेदवार पर्शुराम बस्नेतले अरुलाई हराउने पक्षमा नभई आफु जित्ने पक्षमा रहेको बताए । अरुलाई गाली गरेर वा अरुलाई हराउँछु भनेर म हिँडेको हैन, उनले भने, मलाई आफु जित्नु छ, अरुलाई हराउँछु मैले भनेकै छैन ।’

आफुले जित्नका लागि निरन्तर मतदाताको सहयोग रहेको पनि बस्नेतले बताए । ‘मतदाताको चाहनाका आधारमा हिजो पनि काम गरेको थिएँ, आज पनि गरेको छु, बस्नेत भन्छन्, निर्वाचित भएर गएपछि धेरै नमुना काम गर्ने बाटो प्रसस्त गर्र्नको लागि पनि मतदाताले मलाई जिताउनु हुनेछ ।’

निर्वाचन प्रचार प्रसारलाई तिब्र बनाएका बस्नेतले आफु प्रतिस्पर्धीसँग सकारात्मक रहेको पनि सन्देश दिएका छन् । ‘कसैलाई गाली गरेर मात्र चुनाव जितिन्छ भन्ने हैन, उनले भने, शालीनता नै सफलता हो ।’ यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केदार कार्की प्रतिस्पर्धामा छन् । त्यस्तै गोपाल रेग्मीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर